हामी कस्तो युवा नेतृत्व खोज्दै छौँ ?

नेपाल पत्रिका, ३ जेष्ठ २०७७
 

"सामूहिक परम्पराका साथै नेपाली युवाहरूले यो गरिब देशबाट दुई अरू विशिष्ट स्रोतभण्डार पाएका छौँ । लामो अन्धकारपछि विस्तारै उघ्रेको नेपाली राजनीतिक परिवेश हामीले देखेको एक पुस्तामै विभिन्न आन्दोलन, उथलपुथल, घटनाक्रम र प्रयोगहरूबाट गुज्रेको छ । विष्णुको अवतार मानेका राजा आँखैअगाडि आफ्नै आवाजले कसरी हट्दो रहेछ भनेर प्रत्यक्ष देखेका हामी अनपेक्षित परिवर्तनका अनुभवी भइसकेका छौँ । नेपाली युवाका लागि अर्को ठूलो स्रोत भनेको देशको जनसंख्याको संरचना हो । हाम्रो जनसंख्या विविध मात्र हैन कि अन्तरमिश्रित पनि छ । आँखा उघारेर हेर्ने हो भने नेपालमा हुर्कने युवाले जीवनदर्शन, धर्मसंस्कृति, विश्वासप्रणाली को यति रङ देखेर हुर्किन्छ कि ‘क्रिटिकल’ सोचाइका निम्ति समाज आफैँमा एउटा जीवन्त पुस्तक छ । म त भन्छु, प्रयोगशालाजस्तो इतिहास र इन्द्रेणीजस्तो समाजमा हुर्किन पाउनु एउटा अवसर हो ।" More >

 

विषाक्त पुरुषवादबाट मुक्त समाजवादको पक्ष

नेपाल पत्रिका, २० माघ २०७६
 

"पर्यावरणवाद समाजवादको अर्को सहयात्री हुनुपर्छ । केन्द्रीकृत अहं र प्रभुत्वको शीतयुद्धमा होमिएको सोभियत संघको समाजवाद गलत उदाहरण हो । अर्थहीन उत्पादन र अन्त्यहीन उपभोगको प्रतिस्पर्धामा गाँजिएको चीनको समाजवाद झुटो समाजवाद हो । न्याय र समानताको कुरा गर्ने समाजवाद यदि साँचो हो भने त्यसले न्यायका निम्ति व्यक्तिगत तथा समूहगत सबै अहंलाई त्याग्न सक्नुपर्छ । दिगो कल्याणका निम्ति भौतिक लोभको मात्र होइन, मानसिक महत्त्वाकांक्षालाई समेत त्याग गर्न सक्नुपर्छ । अनिश्चितताको डरमा जबसम्म हामी आफूलाई असीमित बनाउने बहाना गर्छौं, तबसम्म न्यायको नारा आत्मभ्रम मात्र हुन्छ ।" More >

 

साझाका बूढा र विवेकशीलका युवा

नयाँ पत्रिका, २०७७ भदौ १३
 

"वर्तमान राजनीतिक बेथितिको नयाँ विकल्प त चाहिएकै हो, तर त्यो नयाँ ढोकाबाट प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिको प्रवेश हुने हो भने कराहीबाट अँगेनामा खस्नुझैँ घातक हुन्छ । सायद कसैको निम्ति आन्दोलनका विगतका बीस वर्ष मात्र घाटा र क्षतिको अँध्यारो पक्ष हुन सक्छ र जुनै ढोकाबाट भए पनि अगाडि जाने हतारो हुन सक्छ । तर, थुप्रैका निम्ति ती बीस वर्ष चरम क्षतिबीच पनि सदियौँदेखि गुमेका केही महत्वपूर्ण कुराहरू पाएको निर्णायक अवधि थियो । विवेकशील साझा पार्टीले जोड दिएको सुशासन र समृद्धि त सबैलाई चाहिएकै हो । तर, त्यो समृद्धिको राजमार्ग आन्दोलनका उपलब्धिलाई लम्ब्याउँदै अगाडि बढ्छ कि ती उपलब्धिलाई उधार्दै उल्टो कुद्छ ? विवेकशील साझा पार्टी बन्नुअघिको साझा र विवेकशील दुवैको विगतले शंका गर्ने आधार दिएको थियो ।" More >

 

Madhesis among us

The Record, October 05, 2015

"This is no longer the era in which we had to hide under the sword of a Shah ruler from Gorkha to protect ourselves against English hawks. This is also not the era of the Cold War when we had to fear becoming the next Sikkim. Indian imperialism is real. But our irrational reactions only make us more vulnerable to it. Selfishly indulging in our ultra-nationalism, we are unable to hear Madhesi voices. We are losing our chance to create a fair and inclusive constitution that can be a base for our wholesome ideals of nationalism." More >


 

Archieve in Everest Uncensored >